अष्टेलियामा दुई नेपाली प्रकाउ

२०७७ असार १० गते २३:३९ Realkhabar

रियलखबर २४ अप्रिल- अष्टेलियामा ठगिको आरोपमा दुई नेपाली प्रकाउ परेका छन् । ८५ बर्षीया अष्टेलियन महिलालाई ठगी गरेको आरोपमा उनीहरुलाई प्रक्राउ गरिएको स्थानिय सन्चार माध्यमहरुले वताएका छन् । जस अनुसार २२ बर्षीया नेहा गिरी र १९ बषिय आयुष भट्टराईलाई गत सोमबार प्रक्राउ गरिएको छ । आफुहरु बैक प्रतिधिनी वताउदै खातामा समस्या आएको र नयाँ खाता खोल्नुपर्ने जनाउदै ३ हजार डलर जम्मा गर्न फोन गरेका थिए । पछि उनीहरु उक्त रकम लिन टेपोलियास्थित उनको घरमा पुगेका थिए । पुन ५ हजार संकलनको लागि उनीहरु वृद्धाको घरमा गएपछि वृद्धाले संका गरेर प्रहरीलाई खबर गर्दा प्रहरीले गरेपछि नेहा र आयुष प्रक्राउ परेका थिए । उनीहरुको ठगीको मुद्दा अदालतमा चलिरहेको छ । आगामी अगष्ट २० मा दोस्रो सुनुवाई हुनेछ ।