एनआरएन अमेरिकाको नवौं साधारण सभा र ज्ञान सम्मेलन

२०७७ असार १६ गते २३:१० Realkhabar

अमेरिका, अगामी जुलाई ३ देखी ५ सम्म गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसी अमेरिकाको नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन आयोजना हुने भएको छ । जुम प्रविधिमार्फत गर्न लागिएको उक्त कार्यक्रमको उदघाटन प्रमुख अथितिको रुपमा माननीय प्रदीप ज्ञवालीले गर्ने गत आईतवार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ । जुलाई ३ गते साधारण सभाको उद्घाटन, ४ गते ज्ञान सम्मेलन र वार्षिक साधारण सभाको आयोजना गरिने छ ।

जुम प्रविधिमार्फत गरिनेनवौं साधारणसभामा सहभागिताका लागि आउँदो जुलाई १ गत अपरान्ह ५ बजे ९पूर्वीय समय० भित्र अनलाइन रजिष्टर गर्नुपर्नेछ ।