कोरोनाले थिलथिलो अमेरिकी नेपाली समुदाय

२०७६ असार २९ गते ११:१७ भोला आचार्य

अमेरिका,
गत नोभेम्बर १७ मा चाईनाको युहानमा देखिएको थियो कोभिड १९ । तर जव नयाँबर्षको पहिलो महिनाको बीचमा अर्थात जनवरीको १५ मा एक जना विरामीको रुपमा उक्त ठाउबाट अमेरिको सियाटल राज्यमा प्रवेश गरे यो रोगले अमेरिकीहरुलाई तर्साउन थाल्यो । यो रोग यसरी फैलियो कि अमेरिकी सरकार यसको नजरअन्दाज गरिरहेको थियो । स्वयं राष्टपति डोनाल्ड जे टम्प भनिरहेका थिए यो भाईरस होइन । तर भाईसरको रुपमा स्वीकार्दानस्वीकार्दै यसले अमेरिकी समुदायमा डेरा जमाईसकेको थियो । यो सामाग्रि तयार पार्दासम्म अर्थात अप्रिल ३ तारिखसम्ममा अमेरिकामा २ लाख ७७ हजार १ सय ६१ जना यो भाईरसबाट संक्रमित भैसकेका छन् । मृत्यु हुनेको संख्या ७ हजार ३ सय ९२ जनासम्म पुगिसकेको छ ।
जब यो रोगबाट साउथएशियन समुदाय जसमा नेपालीहरुको पनि वाक्लै उपश्थिति छ त्यहाँ एक जना नेपालीकै मृत्युभयो यसले नेपाली समुदायमा भैचालो त्याईदियो । गत मार्च २३ तारिखका दिन न्युयोर्क निवासी अनिल सुव्वा लिम्वुको मृत्युभएसँगै नेपाली समुदायका खबरहरु सामाजिक सन्जालदेखी मिडियासम्म छरपस्ट हुनथाले । नेपाली समुदायका अगुवाहरु आआफ्ना संघसंस्थाका विज्ञप्तिमार्फत सार्जजानकि हुन थाले । उनीहरुका विज्ञप्तिदेखी घटनास्थलमै पुगेर नेपालीमुलका सन्चारकर्मीहरु र मिडियाहरुले वोल्न र लेख्न थाले । यसरी लेख्नेक्रममा पछिल्लोपटक जव यो रोगको उपचारबाट निकोभएकाहरु सार्वजानिक हुनथाले कोरोनोले नेपाली समुदायलाई पनि नराम्रैसँग गाँजिसकेको यत्रतत्र थाहा हुन थाल्यो । न्युयोर्क निवासी शम्भु मोक्तान, बिवन बम र निमा शेर्पा गत हप्ता कोरोनालाई पराजित गर्दै घर फर्केपछि नेपाली समुदायमा कालो वादलबीच चाँदीको घेरा देखिएको महसुस गरेका छन् । निको भएर फर्केपछि उनीहरुले कोरोनाको सक्रमण भएका र यो रोगको डरमा वाँचेकाहरुलाई नआत्नि प्ररणा दिइरहेका छन् । न्यूयोर्कमा कार्यरत पत्रकार आडछिरिड शेर्पाले उनीहरु तीनै जनाको कोरोना अनुभव आफ्नो एभरेष्ट टाइम्समार्फत सार्वजानिक गरेका छन् । कोरोनाले थिलथिलो भैसकेको नेपाली समुदायमा यसले सकारात्मक सन्देस पुगोस भन्ने उनको विश्वास स्तम्भकारलाई सुनाए । म्यानहाटन स्थित माउण्ट सेनाई अस्पतालमा नर्सकोरुपमा कार्यरत निमा शेर्पामा देखिएको कोरोना संक्रमण लगत्तै उनका श्रीमान र छोराहरुमा पनि देखिएको थियो । तर सवैले कोरोनालाई पराजित गरे । यो सन्देशका साथ निमा अहिले समुदायमा सचेतना दिईरहेकी छिन् । पेशाले चिकित्सक एनआरएन अमेरिकाका पूर्वअध्यक्ष डा केशव पौडेल कोरोना रोग लागेर मरिहालिन्छ भन्ने डरबाट मुक्त हुनुपर्ने कुरामा जोड दिन्छन् । हुनत एकसे एक यो रोगको उपचारविधीको कुरा गरिरहेका छन तर तपाई पेशाले चिकित्सक भएकै नाताले तपाईको सल्लाह आधिकारिक र विश्वासिलो वन्न सक्छ भनेर मागेको सल्लाहमा उनले भने, “धेरै लाई यो रोगको संक्रमणबाट मृत्यु हुन्छ भन्ने त्रास छ त्यो होइन बरु यसबाट बच्ने उपाएहरुको बारेमा सचेत हुन जरुरी छ ।” मुख्य गरि स्वासप्रस्वासमा समस्या देखिएपछि शुरुमै उपचार गर्नुपर्ने उनले सल्लाह दिएका छन् । यसबाहेक घरमै वस्ने कोसिस गर्ने, सावुन पानीले हात धुने, सररफाईमा हेल्चेक्र्याइ नगर्ने सामान्य नियन्त्रण विधि अपनाउन उनले सवैलाई आग्रह गरे । स्वयं सुरक्षा नै यो रोगबाट बच्ने उपाय हो भन्दै कसैलाई मेडिकल सल्लाह जरुरी भए आफुलाई सम्पर्क गर्नसमेत उनको अनुरोध छ । रोगको उपचारबाट निको भएका फाट्टफुट्ट खबर आएपनि यो रोगबाट संक्रमण भएकाहरुको एकिन तथ्याडड छैन । पत्रकार दिनेशजंग शाह २ देखी ३ सयमा यो रोगको संक्रमण रहेको खबर आफुले पाएपनि यसको आधार नभएको वताउछन् । यहाँस्थित दुतावास र नियोग या अन्य संघ संस्था कोहीसँग पनि यसबारे तथ्याडक छैन । सवैले अनुमानको भरमा वताईरहेका छन् । तथ्याडक स्थापित गर्ने कुटनीतिमा सरकारी निकायहरु गोप्य फारामको योजना अघि सारेका छन तर पनि यसबारे खास विरामीले नै चासो नदिएको बुझिएको छ । एनआरएन अमेरिकाका क्षेत्रिय संयोजक राजन त्रिपाठीले यो रोगको संक्रमण भएकाको संख्या १ हजारसम्म हुनसक्ने अनुमान गरे । कन्सुलेट सेवा र अन्य सेवाको लागि आफ्नो सम्पर्कमा आएकाहरुलाई सम्वन्धित सेवाकर्तासँग सम्पर्क गराउने काम गरिरहको वताउने संयोजक त्रिपाठीले वस्न समस्या भएर केहिलाई होटेलको व्यवस्था गरेको समेत वताए । एनआरएनको सन्जालबाटै आर्थिक संकलनको कामलाई अगाडी वढाउने उनको भनाई छ । संक्रमितहरुको सहयोगका लागि नेपाली समुदायका विभिन्न संघ संस्था र स्वयं स्वतन्त्ररुपमा केहि व्यक्तिहरु लागि परेका छन् । मृतक अनिल सुव्वाको लागि भनेर २० हजार डलरभन्दाबढि सहयोग संकलन भएको छ भने एनआरएन, जनसम्पर्कसमिति लगायतका संघसंस्थाहरु आर्थिक संकलनदेखी सहयोगसम्म जुटिरहेका छन् । एनआरएन अमेरिकाले कोरोनालाई लक्षित गरेर ९ हजार अमेरिकी डलर संकलन गरिसकेको वताएको अध्यक्ष सुनिल साहले जानकारी दिएका छन् । यसबाहेक विभिन्न कमिटि गठन गरि कन्फरेन्स कलहरुमार्फत स्वास्थ्य सेवा सल्लाह दिईरहेको अध्यक्ष साहले वताए । यता ढिलोगरि डिसीस्थित दुतावासले समुदायबीच कन्फरेन्स सन्चालन गरिरहेको छ । राजदुत डा अर्जुन कार्कीको पहलमा सन्चालन गरिएको उक्त कन्फरेन्स कलमा स्वयं राजदुत दुतावासले आर्थिक समस्या गर्न नसक्ने जनाउदै आफ्नै समुदायका स्थानिय संघसंस्थाहरुसँग समन्वय गर्ने कुरामा पहल गर्न सक्ने वताउदै आएका छन् । यो रोगले चाईनापछि इटलीलाई तहस नहस वनाइसकेको छ भने पछिल्लो समयमा अमेरिकालाई समेत हल्लाईदिएको छ । संक्रमणको संख्या जति रफ्तारमा वढिरहेको छ यसमा निको हुनेहरुको संख्या ज्यादै न्युन छ । यो सामाग्रि तयार पार्दासम्म १२ हजार २ सय ८३ जनामात्र उपचारपछि निको भएका छन् । अमेरिकी सरकारले लकडाउन गर्ने छाँटकाँट देखिएको छैन । हालसम्म होमस्टे अडरसम्म जारी गरेको अमेरिकी सरकारको तुलनामा नेपाल, भारत जस्ता देशहरुले नै लकडाउनको घोषणा गरेर सचेत भएको पुष्टि गरेका छन् । उपचारविधिहरु पत्ता लगाउने विश्वव्यापी अभ्यास भैरहेको वेला यो रोगको असर कतिसम्म फैलिने भन्ने कुरा अझै भन्न सक्ने अवस्था छैन ।